दफा ८
परिषद्को बैठक र निर्णय :
(१) परिषद्को बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा कम्तीमा वर्षको दुईपटक बस्नेछ ।
(२) परिषद्को कूल सदस्य संख्याको कम्तिमा पचास प्रतिशत सदस्य उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(३) परिषद्को बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ । अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले र अध्यक्ष तथा उपाध्यक्ष दुवैको अनुपस्थितिमा सदस्यहरूले आफूमध्येबाट
छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(४) परिषद्को बैठकमा वहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ ।
(५) परिषद्को निर्णय सदस्य–सचिवद्वारा प्रमाणित गरिनेछ ।
(६) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ ।